January 21, 2025
- ADVERTISEMENT -

रत्ननगरका मेयर वनको पहलमा चितवनमा कृष्णसार ल्याइने

January 2, 2021

चितवन / रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा चितवनको टिकौली चौरमा कृष्णसार ल्याइने भएको छ । दुर्लभ वन्यजन्तु कृष्णसार ल्याउन कार्यदलले स्थलगत अध्ययन थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत बनेको सम्भाव्यता अध्ययन कार्यदलले बासस्थान र आहारलाई प्राथमिकतामा राखेर अध्ययन थालेको हो ।
टिकौलीमा कृष्णसार स्थानान्तरण गर्ने गरी पुस ९ गते राष्ट्रिय स्तरमा कार्यदल बनाएको थियो । रंगशाला निर्माणको लागि सरकारले बजेट बिनियोजन गरेर पनि सफल हुन नसकेको टिकौलीचौरमा हरिण प्रजातीको कृष्णसार ल्याउने गरी अध्ययन सुरु भएको रत्ननगरका मेयर वनले बताए ।
कार्यदलका संयोजक तथा विभागका इकोलोजिष्ट हरिभद्र आचार्य नेतृत्वको टोलीले टिकौलीचौरको अबस्था,वासस्थान र आहार,स्थानान्तणको उपयुक्त समय,कृष्णसार राख्ने क्षेत्रको संरक्षण र व्यवस्थापनको मोडालिटी तथा अनुमानित लागतको विषयमा अध्ययन गरेको हो ।
कार्यदलले रत्ननगरको टिकौलीचौर कृष्णसारको बासस्थान र आहारको हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ । क्षेत्रफल सिमित भएपनि बासस्थान र आहारको हिसाबले टिकौलीचौर कृष्णसारका लागि उपयुक्त देखियो कार्यदलका संयोजक आचार्यले भने अझैपनि घाँस र पानीको श्रोतका बारेमा शुष्मरुपमा अध्ययन गर्नेछौं ।
टिकौलीचौरको ४० हेक्टर क्षेत्र कृष्णसारका लागि उपयुक्त रहेको छ । उक्त क्षेत्रफलमा पहिलो चरणमा २५ देखि ३० वटा कृष्णसार स्थानान्तरण गरेर ल्याउन सकिने उनको भनार्इं छ । सन १९६० मा नेपालमा कृष्णसारको संख्या ९ वटामा झरेको थियो ।
संरक्षणको प्रयोस गर्दागर्दै अहिले बर्दिया निकुञ्जको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा करिब ३०० र शुक्लाफाटा वन्यजन्तु आरक्षमा १२१ को हाराहारिका कृष्णसार रहेको तथ्याङक विभागसंग रहेको छ । संकटमा परिसकेको कृष्णसार पछिल्लो समय बृद्धि हुँदै गएको भन्दै इकोलोजिष्ट समेत रहेका कार्यदलका संयोजक आचार्यले यसलाई बचाउन साना साना कुरामा ध्यान दिनु पर्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.वाबुराम लामिछानेले कृष्णसारले खुल्लाचौर मन पराउने भएकोले टिकौली उपयुक्त हुने बताए । यो क्षेत्र कृष्णसारका लागि धेरै राम्रो र धेरै नराम्रो पनि होइन उनले भने बासस्थान र आहारको व्यवस्थापन गर्न सकियो भने अस्थित्व रक्षा गर्न सकिन्छ । रत्ननगरका मेयर वनले पर्यटन विकासको लागि कृष्णसार कोसेढुंगा सावित हुने भन्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए । कृष्णसार जोगाउन चुनौती हुन सक्छ उनले भने त्यसको सामना गर्न हामी तयार छौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -