२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरका मेयर वनको पहलमा चितवनमा कृष्णसार ल्याइने

प्रकाशित मिति : २०७७ पुष १८ गते

चितवन / रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा चितवनको टिकौली चौरमा कृष्णसार ल्याइने भएको छ । दुर्लभ वन्यजन्तु कृष्णसार ल्याउन कार्यदलले स्थलगत अध्ययन थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गत बनेको सम्भाव्यता अध्ययन कार्यदलले बासस्थान र आहारलाई प्राथमिकतामा राखेर अध्ययन थालेको हो ।
टिकौलीमा कृष्णसार स्थानान्तरण गर्ने गरी पुस ९ गते राष्ट्रिय स्तरमा कार्यदल बनाएको थियो । रंगशाला निर्माणको लागि सरकारले बजेट बिनियोजन गरेर पनि सफल हुन नसकेको टिकौलीचौरमा हरिण प्रजातीको कृष्णसार ल्याउने गरी अध्ययन सुरु भएको रत्ननगरका मेयर वनले बताए ।
कार्यदलका संयोजक तथा विभागका इकोलोजिष्ट हरिभद्र आचार्य नेतृत्वको टोलीले टिकौलीचौरको अबस्था,वासस्थान र आहार,स्थानान्तणको उपयुक्त समय,कृष्णसार राख्ने क्षेत्रको संरक्षण र व्यवस्थापनको मोडालिटी तथा अनुमानित लागतको विषयमा अध्ययन गरेको हो ।
कार्यदलले रत्ननगरको टिकौलीचौर कृष्णसारको बासस्थान र आहारको हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ । क्षेत्रफल सिमित भएपनि बासस्थान र आहारको हिसाबले टिकौलीचौर कृष्णसारका लागि उपयुक्त देखियो कार्यदलका संयोजक आचार्यले भने अझैपनि घाँस र पानीको श्रोतका बारेमा शुष्मरुपमा अध्ययन गर्नेछौं ।
टिकौलीचौरको ४० हेक्टर क्षेत्र कृष्णसारका लागि उपयुक्त रहेको छ । उक्त क्षेत्रफलमा पहिलो चरणमा २५ देखि ३० वटा कृष्णसार स्थानान्तरण गरेर ल्याउन सकिने उनको भनार्इं छ । सन १९६० मा नेपालमा कृष्णसारको संख्या ९ वटामा झरेको थियो ।
संरक्षणको प्रयोस गर्दागर्दै अहिले बर्दिया निकुञ्जको खैरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा करिब ३०० र शुक्लाफाटा वन्यजन्तु आरक्षमा १२१ को हाराहारिका कृष्णसार रहेको तथ्याङक विभागसंग रहेको छ । संकटमा परिसकेको कृष्णसार पछिल्लो समय बृद्धि हुँदै गएको भन्दै इकोलोजिष्ट समेत रहेका कार्यदलका संयोजक आचार्यले यसलाई बचाउन साना साना कुरामा ध्यान दिनु पर्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.वाबुराम लामिछानेले कृष्णसारले खुल्लाचौर मन पराउने भएकोले टिकौली उपयुक्त हुने बताए । यो क्षेत्र कृष्णसारका लागि धेरै राम्रो र धेरै नराम्रो पनि होइन उनले भने बासस्थान र आहारको व्यवस्थापन गर्न सकियो भने अस्थित्व रक्षा गर्न सकिन्छ । रत्ननगरका मेयर वनले पर्यटन विकासको लागि कृष्णसार कोसेढुंगा सावित हुने भन्दै स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए । कृष्णसार जोगाउन चुनौती हुन सक्छ उनले भने त्यसको सामना गर्न हामी तयार छौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09