January 21, 2025
- ADVERTISEMENT -

‘सरकारले संविधानमाथि ‘कु’, लोकतन्त्रमाथि प्रहार गरे’

January 3, 2021
Photo : Google

मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाले पत्रकारिता र न्यायालय स्वतन्त्र हुनुपर्ने बताउँदै यसमाथि राज्यले अंकुश लगाएमा लोकतन्त्रनै धरापमा पर्ने बताएकी छिन् । नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको एक कार्यक्रमा उनले पत्रकारिता र न्यायालय स्वतन्त्र रहेमात्रै मुलुकमा लोकतन्त्र कायम रहने बताइन् ।
नेपाली कांग्रेसले स्वतन्त्र पत्रकारिता र न्यायालयको सम्मानमा कुनै कमी हुन नदिएको उनको भनाई छ । उनले वर्तमान राजनैतिक अवस्थामाथि समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानमाथि ‘कु’ गर्दै लोकतन्त्रमाथि नै प्रहार गरेको बताइन् । नेकपाभित्र पदको भागबण्डा नमिलेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेर नेपाली जनताको विश्वासमाथि घात गरेको उनको भनाई छ ।
नेपाली कांग्रेसको नेतृत्वमा स्थापित संविधानमाथि आँच नआयोस भनेर कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कमदको विरोध गरेको उनले बताइन् । ‘कांग्रेस निर्वाचनमा जान डराएको छैन, तर संविधानमाथि नेकपा नेतृत्वले गरेको प्रहार हामीलाई मान्य छैन, त्यसकारण आन्दोलनरत छौँ ।’ डीनाले भनिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -