नवलपुर / पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलामा नदीजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा शनिबार ८ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विहान करिव ४ बजेको समयमा ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताए ।
प्रहरीले लु ३ त ७४५ , लु ४ त १८९७ , लु ३ त ५९०५ , ना ७ त २१५० , लु ४ त ५२६२ , लु ४ त ९१११ , लु ३ त १४३१ , र नम्बर नखुलेको १ वटा ट्याक्टर गरी ८ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो । नवलपुरको विनयी खोलाबाट अहिले अवैध नदीजन्य पदार्थ चोरी निकासी गर्ने बढेसँगै ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रम बढेको छ ।
विनयी खोलाबाट ८ वटा ट्याक्टर नियन्त्रणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
