मकवानपुर / कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान खोज्ने मकवानपुरका रोशनप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति पक्राउ परेका हुन् ।
विदेश जानको लागि पीसीआर परीक्षणको नक्कली रिपोर्ट पेश भएको पाइएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।
प्रहरीले मकवानपुरका आचार्यसहित नक्कली पीसीआर रिपोर्ट पेश गर्ने अन्य ६ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी वृत्त गौशालाले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
उनीहरु फ्लाईट दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।
कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने ६ जना पक्राउ
January 4, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
