२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

भारतमा बर्डफ्लुले फैलिँदै, नेपाल उच्च जोखिममा

प्रकाशित मिति : २०७७ पुष २३ गते

काठमाडौं / भारतका चार राज्यमा बर्डफ्लु (एचफाइभ एनवान)को संक्रमण फैलिएको छ । इन्डियन एक्सप्रेसका अनुसार हिमाञ्चल प्रदेशमा जंगली पंक्षी, राजस्थानमा काग, मध्यप्रदेश र केरलामा हाँसमा फ्लु देखिएको हो । हरियाणाका पोल्टी फार्ममा केही दिनयता एकलाख भन्दा बढी हाँस र कुखुराको मरेको जनाइएको छ ।
हिमाञ्चल प्रदेशको पोङ ड्याम तालमा बसाइ सरेर आएका करिब १८ सय चरा मरेको भेटिएको छ । केरलास्थित दुई राज्यमा हाँसमा बर्डफ्लु संक्रमण भेटिएको छ । २५० वटा काग मरेपछि राजस्थानका दर्जनौं जिल्लामा सतर्कता अपनाइएको छ । इन्फ्लुएन्जा टाइपको भाइरसले गर्दा कुखुरा, हाँस र जंगली पंक्षीमा बर्डफ्लु संक्रमण बढी हुने गर्छ ।
भारतमा अहिले लक्षणसहित र लक्षणविहिनको बर्डफ्लु भेटिएको छ । अन्डा उत्पादन शक्ति कम हुने कुखुरा र हाँसमा लक्षणविहिन बर्डफ्लु भेटिएको बताइन्छ । पंक्षीविज्ञहरु जंगली पंक्षी र हाँसको कारण इन्फ्लुएन्जाको संक्रमण व्यापक हुने बताउँछन् । लक्षण नदेखिएका केही पंक्षी उडेर एक ठाउँमा अर्को ठाउँमा जाने र उनीहरुको दिशामा समेत भाइरस भेटिने बताइएको छ ।
सिजनअनुसार बसाइ सर्ने चराहरु एक ठाउँबाट अर्को ठाउँमा उडेर जाँदा भाइरसको प्रसारण व्यापक हुने गरेको अमेरिकी भाइरोलोजिस्ट भिन्सेन्ट राकानिलोले बताए । कहिलेकाहिँ बर्डफ्लु चराबाट सुँगुर, घोडा, बिराला र कुखुरामा पनि सर्न सक्ने उनले बताए । सन् १९९७ मा हङकङको मासु बजारमा बर्डफ्लु भेटिएको थियो र संक्रमित १८ जनामध्ये ६ जनाको मृत्यु भएको थियो ।
नेपालको तयारी कस्तो छ ?
भारतसग खुल्ला सिमाना रहेको नेपालमा यो रोगको उच्च जोखिम बढेको छ । सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ ।
हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि विगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिन थालेको छ ।
छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए ।
उनले भने,‘यस वर्षको तयारी भनेको, जहाँ फार्ममा लाग्यो त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले ३ किलोमिटर वा ५ किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौ । हामिसँग अहिले बर्डफ्लु आदेश छ । बर्डफ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौ ।’
उनका अनुसार कोभिड कहर नेपालमा शुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डहरु सिल भएको, पशु तथा पशुजन्य बस्तु कुनैपनि आयात भएको अवस्था थिएन । अहिले भारतमा बर्डफ्लु देखिएको छ । तर नेपालमा देखा परिसकेको त छैन तर सम्भावना भने उच्च छ ।
सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।
उनी भन्छन्,‘गत वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरु र जिल्लाका कर्मचारीहरु प्रदेश सरकार अन्र्तगत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यससम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालय समेतको समन्वयमा रहेर बर्डफ्लु रोग नियन्त्रण नियमावली नै बनाईरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो ।’
उनले अगाडी थपे, ‘यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला– जहाँ यस सम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को, क्वारेन्टाइन–जतिपनि सीमा क्षेत्र छ त्यहाँ ध्यान दिने । झन्डै १ खर्ब भन्दाबढी लगानी भएको उद्योग यसलाई जोगाउनका लागि व्यवसायीहरु आफैँपनि लाग्नुहुन्छ । प्रत्येक प्रदेशमा उहाँहरुसँग हाम्रो एउटा संयन्त्र छ । बर्डफ्लु नियन्त्रण आदेश अनुसार प्रमुख भएकाले यसलाई प्रमुख जिल्ला अधिकारीले हेन्डील गर्नुहुन्छ ।’
नेपालमा यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वारेन्टाइनले सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्डफ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडी बढाउने सरकारको तयारी छ ।
कोभिडको बेला प्रयोग भएको प्रयोगशालाहरु पशुपन्छीको लागि पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।
साथै किसानलाई पनि ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन, हेल्थ सर्टिफिकेशन नलिइ जान नदिने सरकारको तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10