February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जथाभावी पार्किङ गर्ने करिब दुई हजार सवारी साधन कारवाहीमा

January 9, 2021
Photo : Halkaro

चितवन / बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने करिब दुई हजार सवारी साधनलाई चितवन ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस आर्थिक बर्ष २०७७÷७८ को हालसम्म राजमार्ग र बजार क्षेत्रमा जथाभावी पार्किङ गर्ने १ हजार ९ सय ५८ सवारीलाई कारबाही गरिएको हो ।
कोरोना महामारीमा लकडाउन लागू भएकाले साउन र भदौमा सवारी साधन कारबाहीमा परेनन् । असोजदेखि हालसम्म १ हजार ९ सय ५८ सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।
सडकहरुमा बढ्दै गएको सवारी चापलाई मध्यनजर गरेर सडक, फुटपाथ र नो पार्किङ क्षेत्रमा अनाधिकृत रुपमा जथाभाबी सवारी पार्किङ गरि सडक र सवारी व्यवस्थापनमा अवरोध सिर्जना गर्ने र प्रतिकुल असर पार्ने सवारीलाई कारबाही गरिएको उनले बताए ।
असोजमा २७३, कार्तिकमा ६१७, मंसिरमा ६८० र पुषको हालसम्म ३८८ सवारीलाई कारबाही गरिएको उनको भनाइ छ । उनीहरुबाट २४ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । कुनै पनि बहानामा सडकमा जथाभावी सवारी पार्किङ नगर्न उनले आग्रह समेत गरेका छन् ।

- ADVERTISEMENT -