काठमाडौं / संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ । केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शनमा सहभागी हुन काठमाडौं क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठ जानेछन् ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा जाँदै छन् । यस्तै पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंह आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ का ‘क’ र ‘ख’ दुवै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनेछन् । क्षेत्र नम्बर ४ का दुवै निर्वाचन क्षेत्रमा नेता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै क्षेत्र नम्बर ५ का दुवै क्षेत्रमा सो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले प्रदर्शनको नेतृत्व गर्नेछन् ।
यसैगरी काठमाडौं ६ को प्रदेश ‘क’ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सो क्षेत्रका सांसद भीमसेनदास प्रधानले भृकुटीमण्डपमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सो क्षेत्रको प्रदेश ‘ख’ को सभामा नेतृ डा डिला संग्रौलाले सम्बोधन गर्नेछिन् । क्षेत्र नम्बर ८ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा नेता नवीन्द्रराज जोशी सहभागी हुनेछन् । यस्तै क्षेत्र नम्बर ९ को दुवै प्रदेशसभाका क्षेत्रमा नेता ध्यानगोविन्द रञ्जितले नेतृत्व गर्नेछन् । यसैगरी क्षेत्र नम्बर १० का दुवै प्रदेश निर्वाचन क्षेत्रमा सो क्षेत्रका सांसद राजेन्द्र केसीले विरोध प्रदर्शनको नेतृत्व लिनेछन् ।
कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ । काठमाडौंमा हुने कार्यक्रम १२ बजेदेखि २ बजेसम्म आआफ्नो समयअनुकूल हुने गरी सञ्चालन गरिने काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए । काठमाडौं जिल्लामा प्रदेशतर्फ २० वटा निर्वाचन क्षेत्र छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
- ADVERTISEMENT -

कांग्रेसले ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











