April 22, 2025

आज २९९औं पृथ्वी जयन्ती, देशभर मनाइँदै

January 11, 2021
- ADVERTISEMENT -

चितवन / नेपाल एकीकरणका नायक तथा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभर मनाईंदैछ । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदैँ छ ।
गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले ऊबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । यहि योगदानको कदर गर्दै नेपालमा २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।
२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन् ।

- ADVERTISEMENT -