२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आमसञ्चारका विद्यार्थीका लागि तीन दिने कार्यशाला सुरु

प्रकाशित मिति : २०७७ पुष २८ गते
- ADVERTISEMENT -

चितवन / सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीलाई तीन दिने कार्यशाला सोमबारबाट सुरु भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसको समन्वयमा अदब मिडिया प्रालिको आयोजनामा भएको कार्यशालालाई भरतपुर महानगरपालिका वडा नम्बर १० ले सहयोग गरेको हो ।
कार्यशालाको उद्घाटन गर्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसका विद्यार्थीहरु देश तथा विदेशका मिडियामा सफल सञ्चारकर्मीको रुपमा काम गर्नु गौरवको विषय भएको बताए ।
उनले भने, ‘ आमसञ्चार तथा पत्रकारिता प्रयोगात्मक विषय हो । यसमा सैद्धान्तिक विषय भन्दा पनि काम गर्दै सिक्ने कुरा हो ।’ नयाँ प्राध्यापकहरुको संख्या थपेर भए पनि क्याम्पसले स्नात्तकोत्तर तहमा आमसञ्चार विषय अध्यापन अनुमति ल्याउने सोच बनाइरहेको बताए । क्याम्पस प्रमुख महतोले कलेजमा रहेको रेडियो र टेलिभिजनका ल्याब प्रभावकारी ढंगले नियमित सञ्चालन गर्नका लागि क्याम्पस प्रशासन सहयोग गर्न तयार रहेको बताए ।
यसैगरी कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारले सैद्धान्तिक विषयमा मात्रै आवद्ध नभई व्यवहारिक रुपमा पनि अघि बढ्नुपर्ने बताए । उनले सप्तगण्डकी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई पत्रकार महासंघ सँधै जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
कार्यक्रममा क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक मधुसूदन दवाडीले नेपालमा तीव्ररुपमा विकास भएको कुनै क्षेत्र छ भने सञ्चार क्षेत्र नै हो भन्दै यस क्षेत्रमा नयाँ कुरा सिकेर कहिल्यै पनि नसकिने बताए । उनले क्याम्पसमा पहिलोपटक यसप्रकारको कार्यशाला सञ्चालन गरेकोमा अदब मिडिया प्रालिलाई धन्यवाद दिँदै यसको भरपुर उपयोग गर्न विद्यार्थीलाई अनुरोध गरे । कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी आमसञ्चार क्लबका अध्यक्ष असल गैरेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यशालाको पहिलो दिन चितवनका कान्तिपुर दैनिकका संवाददाता पत्रकार रमेशकुमार पौडेल प्रशिक्षक रहेका थिए । उनले आफ्नो पत्रकारिता अनुभव सुनाएका थिए । समाचार लेख्दा सूचना कसरी लिने, समाचारका स्रोतहरु के के छन् र समाचार लेख्दा ध्यान दिनुपर्नेलगायतका बारेमा बताएका थिए । पत्रकार भनेको सधै तयारी अवस्थामा हुनुपर्ने पौडेलले बताए ।
क्याम्पसका आमसञ्चार विषयका प्राध्यापक तथा अदव मिडियाका कार्यकारी निर्देशक दिपेन्द्र अधिकारीले कार्यशालाको संयोजन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04