२०८३ बैशाख २, बुधबार
April 15, 2026
२०८३ बैशाख २, बुधबार
April 15, 2026 Wednesday
- ADVERTISEMENT -

न्यूजप्रवाह साप्ताहिकद्वारा नववर्षको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान

प्रकाशित मिति : २०८२ चैत्र २९ गते

– बिना तामाङ
भरतपुर । चितवनबाट विगत पाँच वर्षदेखि प्रकाशन हुँदै आएको न्यूजप्रवाह साप्ताहिक (पत्रिका) ले नववर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले दियो प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पराजुलीले मोफसलमा रहेर साप्ताहिक पत्रिका चलाउनु निकै चुनौतीपूर्ण रहेको बताए । साप्ताहिक पत्रिकालाई चलायमान बनाउन स्थानीय पालिकाहरुले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सागर कुमाल, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य दिए ।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतले संयुक्त रुपमा न्यूजप्रवाह साप्ताहिकको भित्तेपात्रो २०८३ को विमोचन गरिएको थियो ।

कार्यक्रममा खबरलिंक डटकमका संचालक केशव भट्टराई, आक्रमण न्यूजडटकमका टिकादत्त तिमिल्सिना, एनवान खबरका सुरज शर्मा, एस एण्ड पी कम्पनीका सूर्य श्रेष्ठ, हल्कारो समाचारका राजेन्द्र कार्की तामाङ पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङ, सचिव प्रतिमा तामाङ, पत्रकार रोहिणी त्रिपाठी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा न्यूजप्रवाह साप्ताहिकका सल्लाहकार पासाङ तामाङले स्वागत मन्तव्य दिएका थिए भने सञ्चालन सन्तोष तामाङले संचालन गरे ।

न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक बबिलाल तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रधान सम्पादक तामाङले आगामी दिनमा पनि सबैको सहयोग र सद्भावको अपेक्षा राख्दै विज्ञापनदाता, पाठकवर्ग, शुभचिन्तक महानुभावहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि पराजुलीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

न्यूजप्रवाह साप्ताहिकले २०७८ भदौ २ गतेदेखि प्रकाशन आरम्भ गरेको हो । उक्त साप्ताहिक पत्रिका बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि.बाट सञ्चालित छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85