मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ५ मिहनामा लगाूऔषध ओरपसारमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । जसमा ५ जना महिला र २९ जना पुरुष रहेका छन् ।
पक्राउ परेकाहरु अधिकांश मकवानपुरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरका राक्सिराङ, बकैया, कैलाश तथा थाहानगरपालिकाका रहेका छन् ।
पक्राउ परेकामध्ये ३० वटा लागूऔषध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रानाले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्म ५८४ किलो लागूऔषध बरामद गरेको छ ।
यस्तै, पुस महिनाको हालसम्म करिब ३०० किलो गााजा बरामद गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले चालु आवको मंसिरसम्म २२ किलो चरेश, नाइट्रोभेट ४ हजार ५ सय २८ ट्याब्लेट बरामद गरेको छ । लागूऔषधको रुपमा प्रयोग हुने फेनारगन २०० ट्याब्लेट, नुर्फिन २१८ ट्याब्लेट तथा कोरेक्स २४० बोतल बरामद गरेको जनाएको छ ।
लागूऔषध ओसारपसारमा संलग्न ३४ पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
