२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

‘माघ १० गते नेपाल बन्दको घोषणा’ : विप्लव

प्रकाशित मिति : २०७७ माघ १ गते
- ADVERTISEMENT -

काठमाडौं / सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ। पार्टीका तेस्रो तहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्द सहित संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
उक्त समूहले बिहीबार विप्लवले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । पुस २९ गते पार्टीको केन्द्रीय समिति सचिवालयका सदस्यसमेत रहेका नेता कञ्चनललितपुर मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेपछि विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । विप्लव समूहले माघ ३ गतेदेखि १० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
विप्लवका अनुसार माघ ३ गते देशव्यापी विरोध जुलुस, माघ ५ गते देशव्यापी विरोध सभा माघ ७ गते देशव्यापी विरोध प्रदर्शन, माघ ९ गते देशव्यापी मशाल जुलुस र माघ १० गते नेपाल बन्दसहितका कार्यक्रम सार्वजनिक भएका हुन् ।

- ADVERTISEMENT -