२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनको पहिलो आकाशे पुलको मेयर वनद्वारा उद्घाटन

प्रकाशित मिति : २०७७ माघ ३ गते

चितवन / चितवनको रत्नगनगर टाँडीचोकमा निर्मित आकाशे पुलको उद्घाटन गरिएको छ । रत्ननगरपालिकाका प्रमुख नारायण वनले आज शनिबार पुलको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगर प्रमुख वनले सडकको दुबैतर्फ घना वस्ती भएको र राजमार्गमा सवारी चाँप पनि बढ्दै गएकाले आकाशे पुलको निर्माण गरिएको बताए ।
आकाशे पुल बनेपश्चात सर्वसाधारणहरुलाई बाटो काट्न सहज हुने उनको भनाइ छ । सबैलाई सोही आकाशे पुलबाट बाटो काट्न आग्रह गर्दै उनले जोखिम मोलेर सडकबाटै बाटो नकाट्न आग्रह गरे ।
रत्ननगरमा थुप्रै विकासका कामहरु भएको चर्चा गर्दै नगर प्रमुख वनले रत्नगनगरलाई साँच्चै रत्न बनाउन नगरपालिका लागिरहेको बताए । उनले सौराह चोक र बकुलहर चोकमा पनि आकाशे पुल बनाउने तयारी थालिएको जनाए । नगरवासीहरुको साथ भएमा आफूले जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै उनले नगरवासीलाई साथ दिन आग्रह गरेका थिए । उनले नगरपालिकालाई बुटिक नगरपालिका बनाउन लागेको समेत बताए ।

२०७६ साल फागुन २ गतेबाट निर्माण सुरु गरिएको उक्त आकाशे पुल २०७७ साल पुस २२ गते सम्पन्न भएको थियो । पुल २ करोड ३९ लाख ९२ हजार २७० रुपैयाँको लागतमा फलामबाट निर्माण गरिएको हो । पुल निर्माणको जिम्मा हिम सगरमाथा कन्स्ट्रक्सनलाई दिइएको थियो । सडक चौडा बनाउनु परेको खण्डमा उक्त पुललाई सजिलै सार्न मिल्ने गरी बनाइएको छ । ४२.३ मिटर लामो रहेको उक्त पुलको सडकदेखिको उचाई ५.५ मिटर रहेको छ ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ रत्नननगर इकाइ, सुरक्षा निकाय, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37