February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मनकामना मन्दिरमा भक्तजनहरु बढ्दो

January 17, 2021

चितवन / गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आवागमनमा वृद्धि भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द भएको केबलकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको हो ।
हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेहरुको संख्यामा बृद्धि हुदैँ गएको मनकामना मन्दिरका मुल पुजारी इन्सान थापाले बताउनुभयो । उहाँका अनुसार पाँच हजार भन्दा बढी दर्शनार्थीहरुले मनकामना मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताउनुभयो । यसैबिच शनिवार मात्र चार हजार भन्दा बढी मनकामना केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेका छन् ।
मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले शनिवार एकै दिन चार हजार पाँच सय जनाले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि संचालनमा आएको केबलकारमा ४ हजार पाँच सय चढेको पहिलो पटक हो । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

- ADVERTISEMENT -