February 6, 2025
- ADVERTISEMENT -

देशैभर शीतलहरको कहर : प्रदेश २ मा चिसोले ४ को मृत्यु

January 18, 2021
अत्यधिक चिसोका कारण भरतपुर–१६ बरमपुरमा देखिएको दृश्य । पछिल्लो एक साता यता चितवनलगायत देशैभर अत्यधिक चिसो बढेको छ । चिसोले जनजीवन नराम्ररी प्रभावित भएको छ । फोटो : बबिलाल तामाङ, न्यूजप्रवाह डटकम ।

जनकपुर / तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएको छ । लुगलुग कमाउने ठन्डीले जनजीवन प्रभावित बनेको छ । सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ भने दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ ।
सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ वर्षीय बालक पनि छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी मसरुद आलम खानले सिरहामा ३ जना र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको पुष्टि गरे । पुस ५ गते सर्लाहीको हरिपूर्वा–४ का ५४ वर्षीय रोजाइ शेखको ठन्डीकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिरहा प्रहरीका अनुसार कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियारपट्टी–१ का ८५ वर्षीया प्रयागीदेवी साह र मिर्चैया–७ मोरहाका ८ वर्षीय बालक जाविर राइनको मृत्यु भएको छ ।
प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -