काठमाडौं / नयाँदिल्लीमा कोभिड–१९ का कारण बन्द रहेका विद्यालय खुलेका छन् । नयाँदिल्लीमा १० महिनादेखि बन्द रहेका विद्यालय सोमबारदेखि खुलेको हो ।
विद्यालयमा सबै विद्यार्थीहरु मास्क लगाएरै पुगेका छन् । विद्यालय प्रवेश गर्दा दुई मिटरको दूरीलाई समेत ध्यान दिइएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । त्यसैगरी सेनिटाइजरको सुविधा पनि दिइएको छ ।
दिल्लीमा आगामी मे मा बोर्डको परीक्षा हुँदैछ । तसर्थमा कक्षा १० देखि १२ का विद्यार्थीका लागि स्कुल खोल्ने फैसला भएको हो । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाले अधिकारीहरुसँग छलफल गरी विद्यालय खोल्नेबारेमा छलफल गरेका थिए ।
सोमबारदेखि राजस्थानमा पनि विद्यालय खोलिएका छन् । भारतमा कोरोना भाइरसको महामारी केही घटेपछि विद्यालयहरु खुल्न थालेका हुन् । विद्यालय खोल्नका लागि निकै कडाइ गरिएको छ । जस्तो कि विद्यार्थीहरुका अभिभावकको लिखित स्वीकृति जरुरी रहेको छ ।
विद्यालयमा कुनै शारीरिक गतिविधि हुने छैन । हरेक स्थानमा गाइडलाइन लेखिएको हुन्छ ।
नयाँ दिल्लीमा अभिभावकको लिखित स्वीकृतिपछि खुले विद्यालय

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
