January 15, 2025
- ADVERTISEMENT -

सौराहामा १० करोडको लगानीमा पर्यटकीय बसपार्क निर्माण हुँदै

January 19, 2021

–सुरक्षा न्यौपाने
चितवन । पूर्वी चितवनको मुख्य केन्द्र सौराहामा पर्यटकीय बसपार्क निर्माण गर्ने भएको छ । सौराहा प्रवेश गर्ने चित्रसारी पुल पारिको सार्वजनिक जग्गामा बसपार्क निर्माण गर्न लागिएको हो । सौराहामा आउने पर्यटकीय साधनको पार्किङका लागि रत्ननगर नगरपालिकाको सक्रियतामा वडा नम्बर सातस्थित मैनाहमा सुविधायुक्त बसपार्क निर्माण गर्न लागिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए ।
प्रमुख वनका अनुसार करिब १० करोडको लागतमा बसापार्क बनाउन लागिएको हो भने सोमबार बसपार्कको सर्वे गरिएको थियो । सार्वजनिक जग्गा संरक्षण गरेर त्यसैमा बसपार्क बनाउन लागेको उनले बताए । पर्यटकीय बसपार्कसहित पर्यटन सूचना केन्द्र र पर्यटन प्रहरी समेत राखिने बताइएको छ ।
उक्त बसपार्कमा व्यावसायिक प्रयोजनका सटर समेत निर्माण गरिने छ भने हाल जग्गामा अस्थायी बसपार्क संचालन गरिएको छ । हाल सौराहाबाट काठमाडौँ, पोखरा र लुम्बिनीका लागि बस आउने जाने गर्दछन् । दैनिक सात सय पर्यटक तथा पर्यटकीय बस मार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।
सौराहका लागि सामान्य दिनमा काठमाडौंबाट दैनिक आठ, पोखराबाट चार वटा र लुम्बिनीबाट दुई वटा बस संचालन हँुदै आएको छ । उनले बसपार्क बनेपछि ठूला साधनलाई सौराहा प्रवेशमा रोक लगाइने उनको भनाइ छ । पर्यटन विभागले निर्माणको लागि डिपीआर बनाउन लागेको हो भने करिब २ बिगाहको क्षेत्रफलमा उक्त बसपार्क निर्माण हुने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -