काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३४८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६२ हजार २५९ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि
January 19, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
