मकवानपुर / नेपाली कांग्रेसले मकवानपुरका एक सय २ वटै वडामा बिहीबार प्रदर्शन गरेको छ । संसद विघटनको विरुद्ध विभिन्न चरणमा आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गरेको हो ।
वडा समितिको आयोजनामा भएको विरोधसभामा जिल्ला नेताहरु विभिन्न वडामा बाँडिएर सम्बोधन गर्न पुगेका थिए । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मकवानपुरको मनहरी गाउँपालिकाको ६ र ९ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भए । उपसभापति विष्णुप्रसाद लामिछाने वडा नम्बर ७ मा भएको कार्यक्रममा सहभागी भएका थिए भने प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल १५ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै सचिव बुद्ध लामा कैलाश गाउँपालिका ९ र १० वडामा सहभागी भए ।
सहसचिव रामबाबु बानियाँ र कोषाध्यक्ष गोपिलाल विक हेटौंडा १८ नम्बर वडाको कार्यक्रममा सहभागी भई मन्तव्य व्यक्त गरेका थिए भने प्रवक्ता प्रदिप कोइराला हेटौंडा–४ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै नगर सभापति आनन्दराम पराजुली हेटौंडा ४, ५ लगायतका वडाहरुमा भएको कार्यक्रममा सहभागी बनेका थिए ।
जिल्लाभरका विभिन्न वडाहरुमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५ सयजनाभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।
कांग्रेसले यसअघि जिल्ला तह, प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहस्तरमा प्रदर्शन गरिसकेको छ ।
- ADVERTISEMENT -

कांग्रेस मकवानपुरद्वारा १०२ वटै वडामा प्रदर्शन, ५ सय जना प्रवेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37










