चितवन / चितवनको माडी नगरपालिका वडा नम्बर ७ दिबानगर स्थित राष्ट्रिय आधारभुत बिद्यालयमा गएराती अज्ञात समूहले तोडफोड गरेको छ । रातको समयमा कोहि नभएको मौका पारि केही उच्छृङ्खल ब्याक्तिहरुले कुर्ची टेबल लगायतको सामान तोडफोड गरेका हुन । बिद्यालयको कक्षाकोठामा रहेको फिल्टर , टेबुल , कुर्ची , डेक्स लगायतको सामान बाहिर निकाली तोडफोड गरेको बिद्यालयका प्रधानध्यापक यम कुमार काफ्लेले बताए ।
उनिहरु कोठाको ताला फुटाउनुको साथै अफिस कोठा समेत फुटाउने प्रयास गरेको र बिद्यालय हाता भित्र रहेको पिङ लगायतको करिब ५० हजार बराबरको क्षति भएको उनको भनाइ छ । बिद्यालयमा तोड्फोडको घटना भएपछि प्रहरीमा निबेदन पछि तोडफोडमा सङ्लग्नको खोजी भै रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

माडीको विद्यालयमा अज्ञात समूहद्वारा तोडफोड
January 22, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
