हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । हेटौंडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगजनी गरेको हो ।
आज शनिबार नेकपा विप्लव समूहले नेपाल बन्दको आव्हान गरेकोले बन्द सफल पार्न आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
यस्तैगरी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा चितवनमा ट्रक तोडफोड भएको छ । भरतपुर महानगपालिकाको नारायणपुरमा अज्ञात समूहले ट्रकमा ढुंगा हानी भागेको हो ।
गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा गीतानगरतर्फ जाँदै गरेका व्यक्तिले ढुंगा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
‘मोटरसाइकलमा हिँडेका दुई जना व्यक्तिले ढुंगा हानेर भागेका भन्ने जानकारीमा आएको छ’ थापाले भने, ‘विप्लव समूहका मान्छे हुन् वा अरु नै हुन् खुलेको छैन ।’
ढुंगा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा ढुंगा हान्ने व्यक्तिको खोजी भइरहेको डिएसपी थापाले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा गाडी आगजनी, चितवनमा ट्रक तोडफोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58













