February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरको हाँडीखोलामा पक्की पुल बन्ने

January 27, 2021
Photo : tukhabar

मकवानपुर / मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर –५ हाँडीखोलामा पुल निर्माणको काम सुरु गरिने भएको छ ।
मनहरी गाउँपालिकाको बजेटमा पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि अहिले खोलालाई साघुरो बनाउने काम भइरहेको र अब जगखन्ने काम सुरु गरिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।
ठेक्का मार्फत पुल निर्माण गर्न लागिएको हो । पुल नहुँदा वषौंदेखि समस्या भोग्दै आएका यस क्षेत्रका वासिन्दालाई अब भने सहज हुने भएको अध्यक्ष उप्रेतीले बताए । मनहरीमा पुल निर्माण, सडक निर्माण, नाली निर्माण लगायतका कामले प्राथमिकता पाएका छन् ।

- ADVERTISEMENT -