–सुरक्षा न्यौपाने
चितवन । विश्वभर प्रविधि (इन्टरनेट) को बढ्दो प्रयोगले मानव जीवन जति सहज बनेको छ त्यति नै समस्या पनि सिर्जित भएको छ । प्रविधिको माध्यमबाट संसारका हरेक गतिविधिहरु क्षणभरमै थाहा पाउन सकिने भएको छ । एकातिर विकासको गतिले फड्को मारेको छ भने अर्कोतिर आपराधिक क्रियाकलाप (साइबर अपराध) हरु पनि बढ्दै गएको पाइन्छ ।
गत ७ महिनाको तंथ्याक हेर्ने हो भने साईबर अपराध सम्बन्धी १ सय १ वटा मुद्दा जिल्ला प्रहरी कार्यालय, चितवनमा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये अधिकांश सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, एटिएमबाट पैसा चोरी, तस्करी लगाएतका मुद्दाहरु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाको भनाइ छ ।
यस्तै विद्युतीय कारोबारसम्बन्धि अपराधमा बढी पूर्व प्रेमी र प्रेमिका, शिक्षक, विद्यार्थीहरू पर्ने गरेका छन् । साइबर अपराधमा मुद्दा दिनेहरू अधिकांशले मानहानी तथा चरित्र हत्या भएको भन्दै उजुरी दिएका छन् । युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति धेरै रहेका छन् । अहिले साइबर अपराधलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्ने प्राबधान छ ।
डिएसपी थापाका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने व्यवस्था भएको छ । प्रविधिको गलत प्रयोगले घरबारविहीन हुने, पढाइ बिगार्ने, आत्महत्या गराउने र आत्महत्या गर्नको लागि प्रोत्साहन गर्ने, कतिपय अवस्थामा बलात्कारको कारण पनि बनेको उनले भने ।
- ADVERTISEMENT -

आपराधिक क्रियाकलापमा प्रविधिको प्रयोग बढ्दो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81













