March 15, 2025
- ADVERTISEMENT -

मापदण्ड बिना संचालनमा कालिका माई क्रसर

January 27, 2021
photo : Halkaro Samachar

चितवन / पुर्बी चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा बिगत २ बर्षदेखि मापदण्ड बिपरित क्रसर उधोग संचालन हुँदै आएको पाइएको छ । नेपाल सरकारले तोकेको मापदण्ड बिपरित सो कालिका माई क्रसर उद्योग संचालनमा आएको हो ।
सरकारले क्रसर उद्योग संचालनका लागि बनाएको मापदण्ड समेत मिचेर सो उद्योग २ बर्षदेखि संचालन भएपनि सरोकारवाला निकायहरु भने मौन रहेका छन । बलराम खनाल र रोशन आचार्यको लगानीमा सो क्रसर संचालित छ ।
नेपाल सरकारको खोला वा नदिबाट ५ सय मिटर र बस्तिबाट २ किलोमिटर भित्र क्रसर राख्न नपाईने मापदण्ड छ । तर सो क्रसर कयर खोलामा नै छ भने बस्ती पनि नजिकै रहेको छ ।

स्रोत : कालिका दैनिक ।

- ADVERTISEMENT -