निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामना–५ का वडाध्यक्ष सिलवाल विरुद्ध जालसाजी मुद्दा दर्ता

प्रकाशित मिति : २०७७ माघ १५ गते
- ADVERTISEMENT -

चितवन / चितवनको इच्छाकामना गाउँपालिका वडा नं–५ का वडाअध्यक्ष मोदराज सिलवाल सहित भरतपुर महानगरपालिका वडा नं–१५ का वडा अध्यक्ष शम्भुबहादुर भण्डारी र भरतपुर महानगरपालिका–१५ नं वडा सदस्य सिर्जना अधिकारी विरूद्ध जिल्ला अदालत चितवनमा जालसाजी गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
गलत सूचनाको आधारमा सिफारिस गरी अख्तियार दुरूपयोग गरेको भन्दै पीडित पक्षले जनप्रतिनिधिहरुलाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गराएका हुन् । भरतपुर महानगर–१५ का जगतबहादुर शेरचनले खड्गबहादुर गुरूङलाई सानैदेखि लालनपालन स्याहार संरक्षण गर्दै धर्मछोराको रुपमा लिई २०१८ सालदेखि पालनपोषण गरी जग्गा केही खरिद र केही हालैको बकसपत्र गरी दिएका थिए । खड्गबहादुर गुरूङको ०७३ साल माघ ५ मा मृत्यु भयो ।
तर, जग्गा लिने, खाने, मास्ने अत्यन्त कलुषित भावनाका साथ खड्गबहादुर गुरूङको बुबाको भाइको साहिँली छोरी तनहुँ जिल्ला आँबुखैरहनी वडा नं–४, पुलजिपमा बस्ने जुठीमाया गुरूङले इच्छाकामना गाउँपालिका वडा नं–५ बाट मृत्यु दर्ता तथा सोही वडा कार्यालयबाट नाता प्रमाणितसमेत बनाई अन्य प्रतिवादीहरु समेतको मिलेमतोमा किर्ते जालसाजपूर्ण कागजहरु खडा गराई खड्गबहादुरको नामदर्तामा रहेका जग्गा आफ्ना नाममा अपुताली हक कायम गराउने कार्य भएको भनी शेरचन परिवारको तर्फबाट जालसाजी मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।
पीडित पक्षले भने जग्गा हालसम्म आफूहरुको भोगचलनमा रहेको छ । सोही जग्गामा निर्माण भएको घरमा परिवार नै बस्दै भोगचलन गर्दै आएको भनी निवेदनमा उल्लेख छ । जुठीमाया गुरूङ र खड्गबहादुर गुरूङ वा तिनीहरुका कोही पनि परिवार समेत इच्छाकामना वडा नं–५ का बासिन्दा हुँदै होइनन् । उनीहरुको त्यहाँ एक टुक्रा जमिन पनि छैन भने त्यहाँका बासिन्दा मतदाता केही पनि होइनन् ।
यसरी आफ्ना वडामा बस्दै नबस्ने अनधिकृत व्यक्ति सूचकले दिएको सूचना तथा जानकारीका आधारमा नै निज जुठीमाया गुरूङको जालपरिपञ्चमा मिली चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं–५ का वडा अध्यक्ष मोदराज सिलवालबाट गैरकानुनी तरिकाबाट अख्तियारी दुरूपयोग गरी मृत्युदर्ता प्रमाणपत्र र नाता प्रमाणित गरिदिने कार्य भएको छ, मुद्दामा भनिएको छ । खड्गबहादुर गुरूङका बुबा चन्द्रवीर गुरूङका भाइकी साहिँली छोरी जुठीमाया गुरूङ हुन् भन्ने थाहा जानकारी हुँदाहुँदै पनि जुठीमाया गुरूङ र मृतक खड्गबहादुर गुरूङलाई दाजुबहिनी नाता भनी २०७४ असोज ३१ मा नाता कायम सिफारिस भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नं–५ का वडा अध्यक्षबाट तयार पारिएको मृत्युदर्ता र नाता सिफारिसलाई नै आधार मान्दै चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं–१५ का वडा अध्यक्ष शम्भुबहादुर भण्डारीबाट वास्तविक कुरा बुझ्दै नबुझी तथा थाहा जानकारीमा रहेको कुरा लुकाई अन्य प्रतिवादीहरुसँग मिली पनि मालपोत कार्यालय भरतपुर चितवनलाई जग्गा नामसारी सिफारिस भएको निवेदनमा उल्लेख छ ।
जग्गा विवरणका साथ मिति २०७५ साउन १३ को निर्णय आदेशअनुसार भनी पूरै गलत विवरण उल्लेख गरी ३५ दिने सार्वजनिक सूचना समेत जारी गरिएको रहेछ । उक्त सार्वजनिक सूचनामा विपक्षी जुठीमाया गुरूङको हुँदै नभएको इच्छाकामना गाउँपालिका वडा नं–५ वतन उल्लेख छ भने हक खाने एकमात्र बहिनी जुठीमाया गुरूङ रहेकाले भनी उल्लेख गरिएको छ ।
मृतक खड्गबहादुर गुरूङका बुबा चन्द्रबीर गुरूङ र भाइका चार छोरी रहेकोमा कुनै कागजपत्रमा एकमात्र छोरी जुठीमाया गुरूङ र मृतक दाजुमात्र रहेको देखाइएको छ भने २०७५ साल असोज ४ मा तयार पारिएको एक कागजमा मृतककी बहिनी पर्नेको छोरा देवबहादुर गुरूङले निज जुठीमाया गुरूङको नाममा एकलौटी नामसारी भएमा कुनै दाबी विरोध गर्नेछैन भनी कागजसमेत गराइएको पाइएको छ । स्रोतः इन्छाकामना न्यूज ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48