२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

सीमा क्षेत्रका खोलिए ३० नाका

प्रकाशित मिति : २०७७ माघ १६ गते
File photo.

काठमाडौँ / कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो ।
यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो ।
भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् ।
गत चैत १० देखि नेपाल–भारत सीमा नाका सिल गरिएकामा भारततर्फका १३ र चीनतर्फको एक नाका गत साउन २६ मा खुला गरिएको थियो ।
सीमा नाका निर्बाध खुलाउने वा आउजाउका निम्ति निश्चित नाका तोक्ने भन्नेमा गृह, परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच लामो छलफल र समीक्षा भएको थियो ।
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको नेतृत्वमा यससम्बन्धी छलफल र समीक्षापछि थप १६ नाका खुलाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापाले मन्त्रिपरिषद्मा पेस गरेका थिए । पछिल्लोपटक खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।
कुन–कुन नाका खुला ?
पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा–पुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36