–सुरक्षा न्यौपाने
भरतपुर । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर १ आंपटारीमा देशकै पहिलो तौल पुल सन्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले आइतबार उक्त तौल पुलको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा बोल्दै मन्त्री नेम्वाङले नयाँ बाटोहरुलाई प्रविधिमैत्री बनाउनु पर्ने बताए । अन्य सडकहरुमा समेत तौल पुल बनाइने छ भने सडक संरक्षण र दुर्घना न्युनीकरणमा यसले सहायता पुग्ने उनको भनाइ थियो ।
वर्तमान सरकारले चितवनलाई विकासको मोडेल जिल्ला बनाउन लागि परेको र चितवनमा नै यातायात व्यवस्था कार्यालय निर्माण गर्न सरकार तयार रहेकाले प्रक्रिया जारी रहेको उनले बताए ।
उनका अनुसार आँपटारीको जग्गाको स्वामित्व लिने प्रक्रिया पूरा भए लगत्तै कार्यालय स्थापना हुनेछ । सवारीको भार मापन गर्ने कार्यलाई छिटै देशव्यापी बनाइने लक्ष्य रहेको उनले बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले बढी भार लिएर कुद्ने सवारीलाई नियमन गर्न तौल पुल आवश्यक भएको बताए । विभागका निर्देशक तथा इन्जिनियर रामचन्द्र पौडेलले आँपटारीमा बनाइएको तौल पुल सरकारीस्तरको देशकै पहिलो भएको भनाइ छ ।
सवारीको अत्यधिक भारका कारण सडकको पेभमेन्ट अपेक्षित अवधिभन्दा पहिले जीर्ण हुने समस्या रोकिने अपेक्षा गरिएको छ । धेरैजसो मालवाहक सवारी तोकिएको भन्दा बढी वजन बोकेर चलाउने गरेको पाइन्छ ।
सुरुको एक महिना तोकिएको तौलमा मालवाहक सवारी चलाउन सचेतना फैलाइने छ र पछि बढी वजन बोकेमा फिल्डमै कारवाही गरिने जनाइएको छ । यस्तैगरी बर्दिवासमा अर्को तौलपुल निर्माणाधिन अवस्थामा छ ।
कानुनत मालबाहक सवारी साधनले प्रति एक्सल १० दशमलव २ टनभन्दा बढी वजन लिएर चलाउन नपाउने व्यवस्था छ । ८० टन क्षमताको १८ मिटरको लामो तौल पुल बनाइएको छ । १ करोड २१ लाखमा बनेको हो ।
- ADVERTISEMENT -

चितवनको आँपटारीमा सुरु भयो देशकै पहिलो तौल पुल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20











