२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

भरतपुर महानगरका सामुदायिक बिद्यालयमा बस सञ्चालन

प्रकाशित मिति : २०७७ माघ २० गते

चितवन / भरतपुर महानगरपालिकामा रहेका सामुदायीक बिद्यालयहरुले बिद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त बिद्यार्थीलाई बस प्रभावकारी हुने भए पछि भरतपुर महानगरपालिकाले पाँच वटा बिद्यालयलाई बस खरिदका लागि रु १ करोड निकाशा गरेको छ ।
भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालु आर्थिक वर्षमा पाँचवटा बिद्यालयलाई बस किन्न एउटा बिद्यालयलाई रु २० लाखका दरले दिनेगरि सम्झौता गरि सकिएको छ । कविलाश माध्यामिक बिद्यालय, नारायणी नमुना माध्यामिक बिद्यालय, भिमनगर माध्यामिक बिद्यालय, प्रभात माध्यामिक बिद्यालय र लक्ष्मि माध्यामिक बिद्यालयलाई बस खरिदका लागि रकम बिनियोजन गरिएको हो । ती बिद्यालयले महानगरपालिका संग सम्झौता गरि बस खरिदका लागि बोलपत्र आव्हान गरेका छन् ।
पौडेलले भन्नुभयो “हामीले रु २० लाखका दरले रकम दिने गरि सम्झौता गरेका छौ । अपुग भए बिद्यालयले थप्नेछन् ।” भन्सार छुट गर्दा रु २२ लाख हाराहारीमा बस आउने जनाइएको छ । पौडेलका अनुसार बागमती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणी बिद्यालयले बस खरिद गरेर गत वर्षबाट संञ्चालनमा ल्याएको छ । त्यसै गरि आन्तरिक स्रोतबाट जानकी माध्यामिक बिद्यालय, भानु माध्यामिक बिद्यालय र प्रेमबस्ति माध्यामिक बिद्यालयले पनि बस खरिद गरेर संञ्चालन गर्दै आएका छन् । बस संञ्चालनका लागि लाग्ने खर्च बिद्यार्थीबाट उठाइदै आएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धेरै बिद्यार्थी भएका, टाढाबाट आउनु पर्ने, प्राबिधिक बिषयको पढाइ गर्ने बिद्यालयहरुलाई पहिलो चरणमा बस दिइएको बताउनु भयो । यसको प्रभावकारीता हेरेर आउँदो वर्ष थप बिद्यालयलाई बस किन्न सहयोग गरिने उहाँको भनाई छ । दाहालले भन्नुभयो “महानगर भित्रका सामुदायीक बिद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिदैं आएको छ ।”
छात्राहरुलाई साईकल देखि बिपन्न बिद्यार्थीलाई न्यानो कपडा समेत वाँड्दै आएको बताउँदै उहाँले बिद्यार्थीको गुणस्तर बृद्धि गर्नका लागि बिद्यालयका शिक्षक, अभिभावक र बिद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो । बस खरिद गरे संगै बिद्यालय पुग्न बिद्यार्थीलाई सहज हुने उहाँको भनाइ छ । भरतपुर महानगर भित्र १ सय २३ वटा सामुदायीक र ९७ वटा संस्थागत बिद्यालय रहेका छन् । सामुदायीकमा ३५ हजार र संस्थागतमा ४० हजार बिद्यार्थी अध्ययनरत रहेका छन् ।
अधिकांश संस्थागत बिद्यालयले बिद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् । नेपालकै नमुना बिद्यालयका रुपमा चिनिएको नारायणी नमुना माध्यामिक बिद्यालयका प्राचार्य पूर्ण प्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर बिकासका लागि आबश्यक सहयोग गर्दै आएको भन्दै बस खरिदमा सहयोग पु¥याएकोमा खुशि प्रकट गर्नुभयो । कक्षा १२ सम्म र प्राबिधिक तर्फ डिप्लोमा इन्फरमेशन एण्ड टेक्नोलोजीको पढाइ गरेको यस बिद्यालयमा २ हजार ५ सय ५८ जना बिद्यार्थी रहेका छन् ।
ती बिद्यार्थीहरु मध्ये देवघाट, शिवघाट, लामाटोल लगाएतका क्षेत्रबाट अभिभावकले वस र म्याजीक भाडामा लिएर बिद्यार्थी पठाउने गरेका छन् । प्राचार्य दवाडी बिद्यालयमा रहेका बौद्धिक अपाङ्ग र सवारी साधन भाडामा लिएर आउने गरेका बिद्यार्थीलाई बसले बोक्ने बताउनु हुन्छ । सो बिद्यालयमा बौद्धिक अपाङ्ग २९ जना अध्ययनरत रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22