२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

चितवनमा बन्दको प्रभाव बिहानैदेखि : भतेरिको जंगलमा दुई ट्रक तोडफोड

प्रकाशित मिति : २०७७ माघ २२ गते
file photo.
- ADVERTISEMENT -

चितवन / नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको बन्दको प्रभाव चितवनमा बिहानदेखि परेको छ । बन्दकर्ताले बिहानै मुग्लिन नारायणगढ सडकखण्डको भतेरी जंगलमा दुई ट्रकमा तोडफोड गरेको छ ।
उक्त ट्रकको सिसा फुटाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । फाट्टफुट्ट केही साधन चले पनि सडक सुनसान भएको प्रहरीले जनाएको छ ।
जिल्लाका मुख्य सडकमा प्रहरी तैनाथ गरिएको छ । विद्यालय बजार पूर्णत बन्द रहेको छ ।

- ADVERTISEMENT -