काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुग्नु भएको छ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ ।
हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किनु भएको हो । दाहाल सातदोबाटो पुग्दा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाएका थिए । दाहालले पनि नारा लगाउन साथ दिनु भएको थियो । सातदोबाटोमा रहेका कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीविरुद्धको आन्दोलन अझ शसक्त बनाउने बताउनुभयो । उहाँले लोकतन्त्र रक्षाका लागि आफ्नो आन्दोलन रहेको स्पष्ट पार्नुभयो ।
आन्दोलन अझ सशक्त पार्ने भन्दै दाहालले फागुनको पहिलो हप्ताबाट जनआन्दोलन सुरु हुने बताउनुभयो । “२८ गते विशाल प्रदर्शन गर्नेछौं, उहाँले भन्नुभयो, त्यसपछि फागुन पहिलो साता जनआन्दोलन सुरु हुन्छ ।”
- ADVERTISEMENT -

फागुनबाट जनआन्दोलन सुरु हुने सडकबाट प्रचण्डको घोषणा
February 4, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
