मकवानपुर / मकवानपुरगढीमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
गढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा ना ७ त ३८३ नम्बरको ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, ट्याक्टरको ठक्करबाट स्थानीय ७० वर्षीया वृद्ध जुनकीरी परियारको मृत्यु भएको हो ।
ट्याकटरको ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सन्चो अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
ट्याक्टरको ठक्करबाट एकको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
