भरतपुर / फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनको अध्यक्षमा रामराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
संघको २५औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनबाट एघार कार्यसमिति सहित शनिबार पाण्डे चयन भएका हुन् ।
- ADVERTISEMENT -

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिक्पाल लामा, उपाध्यक्षमा रामप्रसाद घिमिरे, महासचिवमा काशीराम सापकोटा, सचिवमा शंकरप्रसाद भेटुवाल र कोषाध्यक्षमा मनोज शाह रौनियार निर्वाचित भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा हरि पाण्डे, हरिप्रसाद रिजाल, कृष्णप्रसाद सिलवाल, मैना पन्त तथा सीता अधिकारीलाई छानिएको छ ।
- ADVERTISEMENT -

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष भरतप्रसाद खतिवडा कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्षहरु पूर्व अध्यक्षहरु शालिकराम घिमिरे, थिरप्रसाद धिताल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष राजन पिया, रामेश्वर टोल विकास संस्थाका सचिव सुरज सापकोटा लगायतले मन्तव्य दिए ।
कार्यक्रममा संघका उपाध्यक्ष दिक्पाल लामाले स्वागत मन्तव्य मन्तव्य दिए भने सञ्चालन काशीराम सापकोटाले गरे ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष जयराम पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।









































