February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकारलाई आजबाट कोरोनाविरुद्ध खोप लगाइने

February 8, 2021
FILE PHOTO: Small bottles labelled with "Vaccine" stickers stand near a medical syringe in front of displayed "Coronavirus COVID-19" words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration/File Photo

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट पत्रकारहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने भएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजबाट पत्रकारलाई लगाउने भएको हो ।
आजबाट पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप लगाउन सुरु गर्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार, आजदेखि ५ दिनका लागि अग्रपंक्रिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।
देशभर करिब १३ हजार पत्रकार रहेका छन् ।
पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -