January 21, 2025
- ADVERTISEMENT -

चितवनमा साढे पाँच ५ लाख बढी लुटपाट गर्ने एकजना पक्राउ

February 11, 2021
फोटो : जिल्ला प्रहरी कार्यालय चितवन

चितवन / प्रहरीले साढे पाँच लाख बढी लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । बाह्रघरे डेरा गरी बस्ने वर्ष ३३ का बिकल क्षेत्रीलाई लुटपाट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार निज क्षेत्रीले तनहुँ जिल्ला निवासी वर्ष ३९ की महिलाको सुनको झुम्का, सिक्री, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी, २ वटा मोवाइल र नगद सत्र हजारसहित रु पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास रुपैया बराबरको धनमाल लुटेको हो ।
भ.म.न.पा. ३ कमलनगरस्थित एकान्त स्थल (चउर)मा लगि ज्यान लिने धम्की दिई चक्कु जस्तो धारिलो हतियार देखाई कुटपिट, लछार पछार गरी कान र हातमा समेत चोट पुर्याइ उक्त महिलाको धनमाल लुटेको डिएसपी थापाले बताए ।
निज क्षेत्रीले महिलासँग फोन मार्फत चिनजान गरी विभिन्न प्रलोभन देखाइ चितवन घुम्न बोलाएर लुटेको बताइएको छ । प्रहरीले बाह्रघरेमा लुकिछिपी बसेको अवस्थामा क्षेत्रीलाई फेला पारी नियन्त्रणमा लिइएको हो ।
प्रहरीले निज क्षेत्रीको कोठाबाट सुनको सिक्री १, घडी १, मोबाइल २, फेला पारी वरामद गरेको छ । प्रहरीले बाँकी धनमालको बारेमा बुझ्दा निजले कानमा लगाउने झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भ.म.न.पा. ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको खुल्न आएको छ ।
धनमाल खरिद गर्ने सन्तोष विश्वकर्मालाई समेत तत्कालै पक्राउ गरी माघ २७ गतेबाट लागु हुने गरी जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -