२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा ट्राफिक जरिवाना शुल्क बैंकिङ् प्रणालिबाट हुने

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते
Photo : Halkaro

चितवन / चितवनमा अबदेखि ट्राफिक जरिवाना शुल्क बैंकिङ् प्रणालिबाट हुने भएको छ l जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेका हुन । अबदेखि जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आईएमई बैंकको चितवनमा रहेका शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्द प्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त कुमार लामाले कार्यक्रमको शुुभारम्भ गरेका हुन् । ट्राफिक जरिवाना बैंकिङ प्रणालिको शुुभारम्भ गर्दै महानिरीक्षक लामाले प्रहरीले गर्ने कामलाई प्रविधिमैत्री बनाउन अग्रसर रहेको बताए । सहज र प्रभावकारी ढंगले सेवाग्राहीको काम गर्न प्रहरी प्रतिबद्ध भएको भन्दै लामाले सहज रुपमा जरिवाना तिर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
बैंकिङ प्रणालीले प्रहरीको कामलाई सहज बनाउने भन्दै लामाले जरिवाना तिर्ने व्यक्तिलाई झण्झटिलो नहुनेगरी काम गर्न निर्देशन दिए । प्रहरी कर्मचारी आर्थिक लोभ लालचबाट टाढा रहनुपर्ने भन्दै लामाले यसको नियन्त्रणको लागि आफू लागिरहेको बताए । प्रहरीलाई इमान्दार बनाउनका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै लामाले प्रहरी ठीक नभएसम्म सेवा प्रवाह समेत ठीक नहुने दावी भएकाले शुद्धिकरण अभियान सञ्चालन गरेको बताए ।
कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बाटो बाटोमा पैसा उठाउने कार्य अन्त्य गर्नका लागि बैंकिङ प्रणालीको सुरुआत गरिएको बताए । प्रहरीको सेवा प्रवाह समय सापेक्ष परिवर्तन गर्दै बैंकिङ प्रणाली लागू गरिएको कोइरालाको भनाइ छ । बैंकिङ प्रणालीबाट जरिवाना संकलन गर्दा सजिलो र पारदर्शी हुने भन्दै कोइरालाले ट्राफिक प्रहरीको कामकाज समेत छिटो छरितो हुने बताए ।
सो कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सडकका कारण दुर्घटना बढ्दै गएको बताए । बैंकिङ प्रणालीमार्फत कारोबार गर्दा ट्राफिक प्रहरीलाई सहज भए पनि सवारी साधनका चालकहरुलाई भने समस्या हुने भन्दै उहाँले जरिवाना तिर्नका लागि छुट्टै काउण्टर सञ्चालन गर्नुपर्नेमा जोड दिए । बैंकमा लामो समयसम्म लाइन लाग्नुपर्ने, बजारमा पार्किङ गर्ने स्थानको अभाव हुँदा चालकलाई थप समस्या हुने सुवेदीको भनाइ थियो ।
सो कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनका प्रमुख महेन्द्र भण्डारी, ग्लोबल आईएमई बैंक लिमिटेड शहीदचोक शाखाका प्रबन्धक नारायण प्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेललगायतले मन्तव्य राखेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36