काठमाडौं / नेपालले भारतसँग खरिद गरेको कोरोना बिरुद्धको २० लाख खोपमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोप कम्पनिससँग गरिएको खरिद सम्झौता अनुसार २० लाखमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्न लागेको हो । भण्डारण लगायतमा समस्या नहोस् भनेर पहिलो खेपमा १० लाख डोज खोप मात्र ल्याउन लागिएको डा. गौतमको भनाई छ ।
मन्त्रालयका अनुसार सेरम इन्स्टिच्युट अफ ईण्डियाले सुरुमानै सो खोपको सबै भुक्तानी मागेको थियो । तर खरिद ऐनले त्यसो गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा संशोधन गरेर खोप खरिदको लागि बाटो खोलेको थियो । भारतबाट खोप आउन लागेको शनिबार बिराटनगरमा आयोजित आमसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी दिएका थिए । भारतसंगै अब चीनबाट पनि खोप आउने उनले सो सभामा बताएका छन् ।
उता चीनले पनि नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिएको छ जसको नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ । यसअघि भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ बाट खोप अभियाननै बनाएर लाउन सुरु भइसकेको छ । नेपाल सरकारले यो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई रहेकालाई दिइएको थियो भने अव फागुन २३ बाट ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई दिइने बताएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.10
153.70

European Euro
1
175.82
176.51

UK Pound Sterling
1
205.08
205.88

Swiss Franc
1
186.22
186.95

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.44
109.87

Singapore Dollar
1
119.97
120.45

Japanese Yen
10
9.76
9.80

Chinese Yuan
1
22.86
22.95

Saudi Arabian Riyal
1
40.76
40.92

Qatari Riyal
1
42.01
42.17

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.68
41.85

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
11.04
11.09

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
23.52
23.62

Hong Kong Dollar
1
19.52
19.59

Kuwaity Dinar
1
498.13
500.08

Bahrain Dinar
1
406.10
407.69

Omani Rial
1
397.66
399.22













