२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

पूर्वसांसद रानाभाटको उपचारका क्रममा निधन

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते

चितवन / पूर्ब सांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडीकल कलेजमा उपचारका क्रममा दिउँसो १ वजेर ५८ मिनेटमा उहाँको निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिश्कघात भई १६ दिन देखि उहाँको कलेजमा उपचार भइरहेको थियो ।
रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठूवा निवासी रानाभाट वि. सं. २०५६ सालमा चितवन क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । नेपाली काङ्ग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार वि. सं. २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो ।
रानाभाट नेपाली काङ्ग्रेस चितवनका पूर्ब सचिब, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्ब अध्यक्ष, राष्ट्रिय सहकारी वोडका पूर्ब उपाध्यक्ष लगाएत बिभिन्न पदमा रहि कार्य गर्नु भएको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उहाँको मंगलबार बिहान पबित्र तिर्थस्थल देवघाटमा अन्त्यष्ठि गरिदैं छ ।
नेपाली काङ्ग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान नेता गुमाएकोमा दुःख प्रकट गरेको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिंगो काङ्ग्रेसलाई अपुरणीय क्षती पुगेको वताउनुभयो । उहाँका अनुसार बिहान ८ः३० वजे देखि एक घण्टा उहाँको शवलाई पार्टी कार्यालय नारायणगढमा राखिने छ ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81