२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘ओलीसँग एकता सम्भव छैन’

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते
- ADVERTISEMENT -

काठमाडौं / नेकपा प्रचण्ड–नेपाल पक्षले अहिलेको अवस्थामा ओली पक्षसँग एकता नहुने बताएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली आत्मालोचनासहित रुपान्तरण नभएसम्म एकता नहुने बताएको हो । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी एकतामा प्रहार गर्ने, संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आफूलाई आत्मलोचक ढंगले नयाँ रुपमा प्रस्तुत नगरेसम्म एकता सम्भव छैन ।
’ उनले ओली नेतृत्वको नेकपामा लागेका नेतारकार्यकर्तालाई आफ्नो पार्टीमा फर्किन आह्वानसमेत गरेका छन् । ‘जो-जो ओली समूहमा लाग्नुभएको थियो। नयाँ सन्दर्भमा पार्टीको फुटवादी गुटमा लाग्नुभएको कमरेडहरूलाई मूल पार्टीमा फर्किन आह्वान गरेका छौं, तत्कालको लक्ष्य प्रतिगमनलाई परास्त गरेर संविधानलाई लिकमा ल्याउने थियो। सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने निर्णय गरेकोले संघर्षका कार्यक्रमहरू स्थगित गरेका छौं।’ श्रेष्ठले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -