२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाचौं अन्तर्राष्ट्रिय र्याली अफ होप भर्चुअल माध्ययमबाट सम्पन्न

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते
Photo : tukhabar
- ADVERTISEMENT -

काठमाडौँ / युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको पाचौं अन्तर्राष्ट्रिय र्याली अफ होप एक सय ५० देशका १० लाख भन्दा बढी मानिसहरुको सहभागीता तथा विश्वका चर्चित नेतृत्वको उपस्तिथिमा भर्चुअल माध्ययमबाट सम्पन्न भएको संस्थाका डाइरेक्टर डा थोमस वा वाल्सले जानकारी दिएका छन् ।
र्याली अफ होप फाल्गुन १६ गते भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै संस्थाकी सह–संस्थापक डा हाक जा हान मूनले विश्वमा शान्ति स्थापनाको निम्ति दुई कोरियाको एककिरणमा आफु सधैं लागिरहेको बताइन् । उनले भनिन् “यदी हामीले हाम्रो पहलमा यी दुई देशहरलाई एक बनाउन सकेको खण्डमा संसारले शान्तिको एक अचम्मको सन्देश प्राप्त गर्ने छ ।’
कार्यक्रममा बोल्दै भारतका पूर्व उप रास्ट्रपति मोहम्मद हामिद अन्सारीले यस्ता कार्यक्रमले मानव सभ्यताको विकासमा निक्कै ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यसैगरी इस्ट टिमोरका पूर्व रास्ट्रपति जाना गुस्माओले विश्वमा द्वन्दको अन्त्य हुनु नै शान्तिको स्थापना हो भन्दै सभालाई सम्बोधन गरेका थिए । शान्ति स्थापनाको निम्ति सबैले एक आपसमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।
अन्तर्राष्ट्रिय ¥याली अफ होप कार्यक्रमलाई संयुक्त राज्य अमेरिकाका पूर्व उप–रास्ट्रपति माइक पेन्स, संयुक्त राष्ट्र संघ खाद्य कार्यक्रमका डाइरेक्टर डेभिड बेसले, केप भार्डेका प्रेसिडेन्ट जोग्रे कार्लोस फोन्सेका, अक्सफोर्ड भ्याक्सिन साहयक डा। सारा गिल्बर्ट, लगायतका वक्ताहरुले विश्व शान्ति स्थापनाको निम्ति निरन्तर लागि रहनुपर्नेमा सबैलाई आग्रह गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -