२०८३ बैशाख ७, सोमबार
April 20, 2026
२०८३ बैशाख ७, सोमबार
April 20, 2026 Monday
- ADVERTISEMENT -

‘शिक्षा क्षेत्रको गुणात्मक विकास भइरहेको छ ।’ – मेयर दाहाल

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते
Photp : A to Z samachar

चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि योजनावद्ध ढंगले अघि बढेको बताइन् । राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा ४ कोठे भवनको शिलान्यास गर्दै शिक्षाको गुणात्मक विकासले मात्र समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
‘म जनप्रतिनिधि भएर भरतपुर महानगरमा प्रवेश गरेसंगै यहाँको समग्र क्षेत्रको विकासका लागि योजनाबद्ध ढंगले अगाडि बढिरहेकी छु,’ उनले भनिन् । प्रमुख दाहालले आवश्यकता रहेका विद्यालयहरूको पहिचान गरी कार्यान्वयन गरेकै कारण पछिल्ला वर्षहरूमा सार्वजनिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको रोजाइमा परिरहेको दावी गरिन् ।
उनले विद्यालय भवन निर्माण, मर्मत तथा कक्षा कोठाको स्तरवृद्धि, खेल मैदान निर्माण, पार्क तथा बगैँचा निर्माणका लागि शौचालय र शुद्ध पिउनेपानीको व्यवस्था लगायतमा विशेष चासो दिइराखेको उल्लेख गरेकी थिइन् ।
उनले विद्यालयको भवन समयमै निर्माण सम्पन्न गरेर शैक्षिक वातावरण निर्माण गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे । अध्यक्ष काफ्लेले नगरप्रमुख रेनु दाहालको पहल र सक्रियतामा मध्य नेपालको नमुना सहरको रूपमा भरतपुर विकास भैरहेको बताउँदै विकासप्रेमी जनप्रतिनिधिहरूलाई विकास र समृद्धि हासिल गर्नमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य भिमसेन देवकोटाले शिक्षक, अभिभावक, विद्यार्थी र सिङ्गो समाजको सामुहिक प्रयासले मात्र शिक्षा क्षेत्रले गुणात्मक फड्को मार्न सक्ने बताउँदै राज्यले शिक्षा क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्नुपर्ने उल्लेख गरे ।
उनले विद्यालयमा कक्षा कोठाको अभाव रहेको अवस्थामा संसद विकास कोष र भरतपुर महानगरपालिकाले ४ कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गरेको प्रति धन्यवाद व्यक्त गर्दै समयमै भवन निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे ।
नेपाली कांग्रेसका वडा सभापति काशीराम अधिकारीले विद्यालयको शैक्षिक र पूर्वाधारमा गुणात्मक सुधार गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । विक्रम सम्बत २०२४ सालमा स्थापना भएको यस राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा कक्षा १ देखि १० सम्म पठनपाठन भैरहेको छ । विद्यालयमा छात्र–छात्रा गरी ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
संसद विकास कोष र भरतपुर महानगरपालिकाको लगानीमा ७० लाख रूपैयाँको लागतमा ४ कोठे पक्की भवनको शिलन्यास भएको होे । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक तथा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98