२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

‘सक्छौ भने हटाएर देखाऊ’ – प्रधानमन्त्री ओली

प्रकाशित मिति : २०७७ चैत्र १ गते

काठमाडौं / प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झालझेल र षड्यन्त्र गरेर कसैले आफूलाई हटाएमा १८ महिनापछि दुई तिहाइका साथ पुनः सिंहदरबारमा फर्कने उद्घोष गरेका छन् ।
अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले आफूलाई हटाउन विभिन्न खाले झालझेल, षड्यन्त्र र मोर्चाबन्दी भइरहेको बताउँदै कसैको हिम्मत भए हटाएर देखाउन चुनौती दिए । ‘कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, जालझेल गरोस्, षड्यन्त्र गरोस्, मोर्चा कसोस् तर २० महिनापछि हुने निर्वाचनमा सूर्य चिह्नधारी एमाले पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि सिंहदरबारमा प्रवेश गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै असन्तुष्टलाई केन्द्रीय कमिटीको बैठकमा आएर छलफल गर्न आह्वानसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले २०७३ सालमा पनि आफूलाई षड्यन्त्रपूर्ण रूपमा हटाए पनि त्यसको १९ महिनापछि आफू लगभग दुई तिहाइको मत लिएर सिंहदरबार फर्कन सफल भएको स्मरण गरे । प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रतिपक्षीमा बस्न कुनै समस्या नरहेको बताउँदै सरकारमा रहे देश बनाउने र प्रतिपक्षीमा रहे देश बनाउने तयारी गर्ने स्पष्ट पारे । ‘हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षीमा भए देश बनाउने तयारी गर्छौं । त्यसकारण हामीलाई त्यसको चिन्ता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी राजनीतिक प्राणी हौं । हाम्रो गन्तव्य जहिले पनि सत्ता सत्ता भन्ने होइन, हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो, देशको विकास हो । जनताको समस्या समाधान गर्दे अघि बढ्नु हो ।’प्रधानमन्त्री ओलीले आफू देश बनाउने अभियानमा रहँदा आफ्नै दलका नेताहरूले माकुराको जालो थाप्ने गरेको भए पनि ती सबै जालो चुडाउँदै आफू देश बनाउने अभियानमा होमिएको बताए ।
उनले देश बनाउने अभियानको थालनी गर्दा आइपर्ने सबै खाले चुनौती सामना गर्न आफू तयार रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले दुई तिहाइको सरकार भत्काउने र आफ्नै पार्टी ध्वस्त पारी टालाटुलीको र अन्य कसैको कन्फर्टेबल सरकार बनाउन कुद्नेहरू कुलंगार प्रवृत्तिको भएको आरोप लगाए । उनीहरूलाई आगामी निर्वाचनमा जनताले धुलो र माटो चटाएर सबक सिकाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले एमालेले ७ चैत्रमा केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेकाले सो बैठकमा सबै जना आएर व्यापक छलफलमा जुट्नुपर्ने आवश्यकता औल्याए । ‘७ चैतमा बैठक बोलाएका छांै । सबै जना आउनुहोला, सुनिन भन्न पाइनेछैन,’ प्रधानमन्त्री ओलीले भने, ‘आउनुहोस्, फर्कनुहोस्, हामीले कसैलाई कारबाही गरेका छैनांै, निकालेका छैनौं, बैठकमा आउनुहोस्, सुरुसुरु काम गर्नुहोस् ।’ प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकमा नआएमा भने विधानको व्यवस्थाअनुसार कारबाही हुन सक्ने बताए । प्रधानमन्त्री ओलीले केही तत्व विकास नगर्ने, जनताको काम नगर्ने सरकार बनाउनुप(यो भन्दै विभिन्न निकायमा निवेदन दिन जानेक्रम बढाएको बताउँदै उनले त्यस्ता सबै प्रयास विफल भएर जाने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले आफूहरू आफ्ना निम्ति नभएर देश र जनताका लागि काम गरिरहेको बताउँदै आफ्नो समृद्ध नेपाल र सुखी नेपालीको साझा आकांक्ष पूरा भएरै छोड्ने स्पष्ट पारे । ‘हामी धेरै उकाली–ओराली झेलेर आएका छौं । जेलनेल दमन खेपेर हाम्रा विरुद्धका षड्यन्त्रलाई परास्त गर्दै हामी यहाँ आइपुगेका छौं । त्यसैले, हामी कुनै माकुराले बनाएको जालोमा पर्दैनौं । माकुराले थापेको जालोमा भैंसी पर्दैन । अहिले पनि माकुराको जालो धेरै थापे तर गैडा सुरुसुरु अघि बढ्यो,’ प्रधानमन्त्री ओलीले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73