२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

‘संकटबाट छुट दिलाउन राजसंंस्था सहितको हिन्दु राष्ट्र स्थापना आवश्यक’

प्रकाशित मिति : २०७७ चैत्र ८ गते

गर्नेः राप्रपा अध्यक्ष थापा
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आफ्नै शक्तिको आधारमा सरकार निर्माण गर्ने बताउनुभएको छ । चितवनमा राप्रपा पार्टी कार्यालयमा कार्यकर्ता संग भेटघाट गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष थापाले अहिलेको यो संकटबाट छुट दिलाउन राजसस्था सहितको हिन्दु राष्ट्र स्थापना गर्ने प्रतिवद्धता पुरा नहुन्जेल निरन्तर लागि पर्ने बताउनुभएको थियो ।
उहाँले भन्नुभयो, “२०६२ –०६३ को राजनीतिक परिर्वतन पछि प्रमुख राजनीतिक दलहरुले अबलम्बन गरेको त्रृटी पुर्ण अवधारणा र मार्गचित्रणको परिणाम स्वरुप नेपालको राष्ट्रियता एकता र अखण्डता कमजोर हुन पुगेको छ । आर्थिक विकास हुने सम्भावना छैन । विदेशिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढेर गएको छ। नेपाल अन्र्तराष्ट्रिय शक्तिहरुको रणनीतिक स्थल बन्ने खतरा देखिएको छ । भ्रष्टाचार, धर्म परिवर्तन, कुशासन, र सर्वसत्तावादका संकेतहरु पनि देखिन थालेको छ ।”
अध्यक्ष थापाले यो अवस्थामा देशलाई संकटबाट मुक्ततुलाउन जनताले एउटा बलियो विकल्प खोजेको धारण राख्नुभयो । जुन विकलप राष्ट्रवादि होस जसले नेपालको राष्ट्रियता र एकता अखण्डतालाई बलियो बनाउन सकोस । त्यस्तो विकलप जस्ले प्रजातन्त्रमा विश्वास गरोस । जनताको सर्वोचताको सम्मान गरोस । नेपालको सनातन धर्म र सँस्कृतिको संरक्षण गर्न सकोस । सबै राजनितिक शक्ति र विचार अटाउने । राजतन्त्र सहितको लोकतन्त्र स्थापित गर्न सकोस । देशमा शान्ति र स्थायित्व कायम गरोस ।
नेपालको आर्थिक समृद्धिको सपना पुरा गरोस । यस्तो विकल्प जनताले खोजि रहेको उहाँको भनाई थियो । त्यसका लागि राप्रपाले अब अरुकुनै शक्तिको मुख नताकि आफ्नै शक्तिको आधारमा आफ्नै नेतृत्वमा सरकार निमार्ण संगै हिन्दु राष्ट्र र राजतन्त्र स्थापना गर्ने संकल्प गर्नु पर्नेमा उहाँको जोड थियो । थापाले वर्तमान अवस्थामा राप्रपालाई विकलपको रुपमा प्रस्तुत गर्नु पर्नेमा जोड दिनुभयो । ठुला दलको असफलताबाट वाकक दिक्क भएका जनतालाई एउटा नयाँ विकल्प उपलब्ध गराउने उद्देश्यका साथ राप्रपा र राप्रपा संयुक्तको एकता कायम भएको बताउनुभएको थियो । राप्रपाको एकता प्रति कसैले प्रश्न चिन्ह् खडा गर्नु नपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “गीतामा छोएर कसम खाएको कारणले मात्र होइन । राष्ट्रप्रतिको जिम्मेवारीलाई बोध गरेर भविष्यमा कहिलै नफुट्ने संकलपका साथ हामी एकता बद्ध भएका छौं । तसर्थ राप्रपाको एकताको बारेमा कुनै चिन्ता नगर्नुस।” राष्ट्रियता राजसंस्था हिन्दु राष्ट्र«का पछेधर सबै शक्तिहरुलाई समेटेर एउटा बलियो राष्ट्रवादि शक्ति बनाउने दिशा तर्फ आफुहरु अग्रसर भइरहेको उहाँको भनाई थियो । बलियो राष्ट्रवादि शक्ति निमार्ण गर्ने कार्यमा एकता बद्ध हुन आग्रह गर्नुभएको छ । राप्रपाको संगठन र प्रवाह विस्तार गर्न पूर्ण सफलता हासिल होस भन्दै राप्रपामा आस्था राख्ने सम्पुर्णलाई शक्रिय भएर लाग्न थापाले अनुरोध गर्नुभएको थियो ।
एक फरक विषयमा बोलदै अध्यक्ष् थापाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभएको छ। आज (शनिबार) राप्रपा चितवन पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बैशाखको २५ गते नै महाधिवेशन हुने बताउनु भएको हो । एकता महाधिवेशन पार्टीको इतिहासमा मात्र नभई नेपालको राष्ट्रिय राजनीति मै कोशे ढुङगा सावित हुने थापाले विश्वास व्यक्त गर्नुभयो । तोकिएको समयमा महादिवेशन नभए पार्टीले ठुलो क्षेति बेहोर्नु पर्ने उहाँले जिकिर गर्नुभयो । जसकारण महाधिवेशनलाई राप्रपाले प्राथमिक्तामा राखेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “अबको एक वर्ष पछाडि स्थानिय चुनाव हुदैछ । कुनै पनि समय संसदिय चुनाव हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

बैशाखमा महाधिवेशन हुन सकेन भने बर्खा र चाडपर्वले विथोलछ । स्थानिय चुनाबमा राम्रो परिणम नआए संसदको चुनावलाई असर गर्छ । तर्सथ स्थानिय चुनावलाई प्रयाप्त समय पुगोस भनेर हामीले बैशाखमा महाधिवेशन गर्नु नै पर्ने जरुरी छ ।” अध्यक्ष थापाले टुक्रा टुक्रामा विभाजित भएर देशमा हिन्दु राष्ट्र र राजतन्त्र स्थापना गर्न नसक्ने भन्दै राष्ट्रवादि प्रजातान्त्रीक शक्तिहरु राप्रपाको नेतृत्वमा राप्रपाको छाता भित्र एकतावद्ध हुन आवश्यक रहेको बताउनुभयो । राष्ट्रवादी संघर्षका लागि राप्रपामा संलग्न हुदा हिनता बोध नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
थापाले भन्नुभयो, राप्रपानै त्यो शक्ति हो जसले हिजो अत्यन्तै कठिन अवस्थामा पनि हिन्दु राष्ट्र र राज संस्थाको झिल्कोलाई बचाई राखेको छ । साथै उहाँले महाधिवेशन पश्चात देश व्यापि रुपमा हिन्दु राष्ट्र र राजतन्त्र स्थापनका लागि संघर्ष गर्ने जानकारी दिनुभएको छ । भ्रष्टाचार कुशासन धर्म परिवर्तन सर्वसत्तावादको विरुद्धमा देश व्यापि रुपमा जनप्रदर्शन गर्ने उहाँको भनाई थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36