२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारी र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच शिष्टाचार भेट

प्रकाशित मिति : २०७७ चैत्र ९ गते

ढाका / बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।
सोमबार नै बंगलादेशका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार नै यहाँ आइपुगेकी हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्ने र द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनेछिन् । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।
राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । -रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94