March 19, 2025
- ADVERTISEMENT -

माओवादी केन्द्रद्वारा गृहमन्त्री बादललाई कारबाही

April 9, 2021

काठमाडौँ / नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छ । माओवादी केन्द्रले बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ ।
नेकपा एमाले प्रवेश गर्नुभएका बादलले माओवादी केन्द्र परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
यसअघि एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

- ADVERTISEMENT -