मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र प्रदेशमा बसोबास गर्ने सुकुम्बासी जनताहरुलाईं उनीहरुले हकभोग गरेको जग्गाको नापजाँच गरी लालपूर्जा उपलब्ध गराउने प्रमुख लक्ष्य रहेको बताएका छन् ।
शुक्रबार बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित भूमि व्यवस्था आयोगका पदाधिकारी, सदस्य सचिवहरु बीच सुकुम्बासी समस्या, चुनौती र समाधानको बारेमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार र संघीय सरकारको सहकार्यबाट उपलब्ध गराइने बजेट तथा कर्मचारी जनशक्तिबाट यसै आर्थिक वर्षभित्रै प्रदेशका विभिन्न जिल्लाको अव्यवस्थित बसोबास गर्ने सुकुम्बासी जनताहरुको जग्गाको नापजाँच गरी लालपूर्जा वितरण गर्ने जानकारी गराएका हुन् ।
प्रदेश सरकारले आगामी असार १ गते ल्याउने नीति कार्यक्रमभित्र थप बजेटको विनियोजित आवश्यक जनशक्ति कर्मचारीको दरबन्दी सृजना गर्ने र कार्यालयको स्थापनाको लागि स्रोतसाधन परिचालन गरिने उनको भनाई छ ।
उनले भूमि व्यवस्था सुकुम्बासी आयोगले ऐन कानूनको मापदण्डभित्र रहेर जनताले हकभोग गरेको जग्गालाई वन सिमानाभित्र बाह्ेकको नापजाँच, कित्ताकाट गर्ने लगायत कामको तथ्याङ्क लिई आफ्नो कार्यसम्पादन चुस्त राख्नुपर्ने सल्लाह दिए ।
उनले भूमि आयोगलाई आवश्यक कर्मचारी, कम्प्युटर, सवारीसाधन उपलब्ध गराउन सघीय सरकारलाई पनि छिट्टै पहल गर्ने र स्थलगत रुपमा जनशक्ति परिचालन गर्नेतर्फ प्रदेश सरकारले टोली खटाउने बताए ।
- ADVERTISEMENT -
मुख्यमन्त्री पौडेलको सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रमुख लक्ष्य
April 16, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -