मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र प्रदेशमा बसोबास गर्ने सुकुम्बासी जनताहरुलाईं उनीहरुले हकभोग गरेको जग्गाको नापजाँच गरी लालपूर्जा उपलब्ध गराउने प्रमुख लक्ष्य रहेको बताएका छन् ।
शुक्रबार बागमती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित भूमि व्यवस्था आयोगका पदाधिकारी, सदस्य सचिवहरु बीच सुकुम्बासी समस्या, चुनौती र समाधानको बारेमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार र संघीय सरकारको सहकार्यबाट उपलब्ध गराइने बजेट तथा कर्मचारी जनशक्तिबाट यसै आर्थिक वर्षभित्रै प्रदेशका विभिन्न जिल्लाको अव्यवस्थित बसोबास गर्ने सुकुम्बासी जनताहरुको जग्गाको नापजाँच गरी लालपूर्जा वितरण गर्ने जानकारी गराएका हुन् ।
प्रदेश सरकारले आगामी असार १ गते ल्याउने नीति कार्यक्रमभित्र थप बजेटको विनियोजित आवश्यक जनशक्ति कर्मचारीको दरबन्दी सृजना गर्ने र कार्यालयको स्थापनाको लागि स्रोतसाधन परिचालन गरिने उनको भनाई छ ।
उनले भूमि व्यवस्था सुकुम्बासी आयोगले ऐन कानूनको मापदण्डभित्र रहेर जनताले हकभोग गरेको जग्गालाई वन सिमानाभित्र बाह्ेकको नापजाँच, कित्ताकाट गर्ने लगायत कामको तथ्याङ्क लिई आफ्नो कार्यसम्पादन चुस्त राख्नुपर्ने सल्लाह दिए ।
उनले भूमि आयोगलाई आवश्यक कर्मचारी, कम्प्युटर, सवारीसाधन उपलब्ध गराउन सघीय सरकारलाई पनि छिट्टै पहल गर्ने र स्थलगत रुपमा जनशक्ति परिचालन गर्नेतर्फ प्रदेश सरकारले टोली खटाउने बताए ।
- ADVERTISEMENT -

मुख्यमन्त्री पौडेलको सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने प्रमुख लक्ष्य

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












