वासिङ्टन / अमेरिकामा टेस्ला कम्पनीले बनाएको ड्राइभरबिना चल्ने एउटा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
उत्तरी ह्युजटनमा स्थानीय समयअनुसार गत शनिबार राति उक्त कार रोडबाट बाहिर गएर एउटा रूखमा ठोक्किएको थियो। २०१९ टेस्ला मोडल एसको उक्त कार तीव्र गतिमा गइरहेको र घुम्तीमा अगाडिको बाटो थाहा नभएर रोडबाट बाहिर गएको अनुमान गरिएको छ। रूखमा ठोक्किएपछि कारमा आगो लागेको थियो।
दुर्घटनापछि उद्धारकर्मीहरू पुग्दा एक जनालाई ड्राइभरसँगैको यात्रु सिटमा र अर्कालाई पछाडिको सिटमा फेला पारेका थिए। अर्थात् चालकको सिटमा कोही पनि थिएनन्।
दुर्घटनाबारे टेस्ला कम्पनी र राष्ट्रिय हाइवे ट्राफिक सुरक्षा प्रशासनले कुनै प्रतिक्रिया दिएका छैनन्।
टेस्लाले कम्पनीले बनाएका अर्धस्वचालित कारमाथिको नियामक निकायले निगरानी बढाएका बेला यो दुर्घटना भएको हो। टेस्लाले आफ्ना कारहरूमा अर्धस्वचालित प्रणालीलाई छिट्टै पूर्ण स्वचालित बनाउने तयारी गरिरहेको छ। -एजेन्सी
- ADVERTISEMENT -

रुखमा कार ठोक्किदाँ आगलानी, दुईको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












