भरतपुर / नेपाल पत्रकार महासंघ चितवनले श्रमजीवी पत्रकारहरूका हकहितका लागि विशेष काम गर्ने निर्णय गरेको छ । सोमबार सल्लाहकारसहित बसेको कार्यसमितिको बैठकले पदाधिकारीहरूको संयोजकत्वमा काम गर्न उप–समिति गठन गरेको छ ।
महासंघको भवनको पछाडि खाली रहेको जग्गालाई पूर्णरूपमा उपभोग गर्ने गरी उपाध्यक्ष प्रकाशमणि ज्ञवालीको संयोजकत्वमा भौतिक निर्माण उपसमिति, अर्का उपाध्यक्ष प्रमिता ढकालको संयोजकत्वमा जिल्लाका सबै पालिकाहरूमा मिडियासम्बन्धी कार्यक्रमको लागि आउने बजेटको विषयमा खोजविन गरी तालिम सञ्चालन गर्ने र सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने निर्णय भएको अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
साथै यही वैशाख २० गते परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघभित्रका साधारण सदस्यहरूबीच ‘प्रेस स्वतन्त्रता’ विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने उनले बताए । ‘प्रतियोगितामा सहभागी हुनको लागि वैशाख १५ गतेसम्म पत्रकार महासंघमा उक्त निबन्ध उपलब्ध गराउनुपर्ने छ,’ उनले भने ।
नयाँ कार्यसमितिले चितवन जिल्लामा पत्रकारहरूका लागि तालिम केन्द्र स्थापना गर्ने विषयमा पनि जग्गा खोज्ने उनले बताए । ‘तालिम केन्द्रको लागि विगत केही वर्षदेखि जग्गा खोज्ने र जग्गा पाएमा तालिम केन्द्र स्थापना गर्ने भनेर धेरै नै प्रयास भएका छन्,’ उनले भने, ‘यसलाई अहिलेको कार्यसमितिले पनि जारी राख्नुप¥यो ।
पूर्व अध्यक्षहरूकै पालादेखि देखेको यो सपना पूरा गर्न सकियो भने भावी पुस्ताको लागि फाइदा हुने देखिन्छ । साथै श्रमजीवी पत्रकारहरूका विषयमा हर समय कुरा उठ्ने हुँदा सकभर सबै श्रमजीवीलाई समेट्ने गरी उनीहरुको पक्षमा डटेर काम गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले जानकारी दिए । महासंघमा नयाँ नेतृत्वमा आएपछि सल्लाहकारसहित यो पहिलो बैठक हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

श्रमजीवी पत्रकार हितका लागि काम गरिने : महासंघ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36













