–सागर परियार
जुम्ला । जुम्लामा लामाे समयपछि वर्षात संगै उच्च भु-भागमा हिमपात भएकाे छ । पहिलाे पटक जुम्लामा बैशाख महिनामा हिमपात भएपछि स्थानीय किसान अचम्मीत भएका छन् । लामाे समयपछि भएकाे वर्षात स्याउ खेती,जाै बाली तथा अन्य बालीनाली तरकारी खेती सप्रिने भन्दै जुम्ली किसान खुसी भएका छन् ।
चैत महिना सम्म जुम्लामा वर्षात नभएर खडेरी परेकाे थियाे । वायु प्रदुषण बढेपछि भाईरल ज्वराे तथा सरुवा राेगका विरामी बढेका छन् । साथै हाल सम्म वर्षात नहुँदा अन्नबाली सुक्ने र उत्पादन घट्ने भन्दै जुम्ली किसान चिन्तीत भएका थिए । तर बुधबार रातभरी भएकाे भारी वर्षा संगै उच्च भुभागमा भएकाे हिमपातले किसानलाई ठुलाे राहत मिलेकाे कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकाेटाले बताउनुभयाे । उहाँले अहिले सम्म पानी नपर्दा मार्सि धानकाे बेर्ना राखिएकाे बीउ समेत टुसाउन सकेकाे थिएन् । जाै बाली सुक्ने अबस्थामा थियाे । तर अब राहत पुग्नेगरी वर्षा भएकाेले कुनै समस्या नहुने बताउनुभयाे । त्यस्तै किसानहरु अब खनजाेतकाे तयारीमा जुटेका छन् ।
पातारासीका किसान तारा बाेहाेराले अब सिमि खेतीका लागि खनजाेत गर्ने तयारी गरेकाे बताउनुभयाे । पातारासीका उच्च भुभागमा बाक्लाे हिउँ परेकाे उहाँकाे भनाई छ । पहिलाे पटक बैशाख महिनामा हिउँ परेपछि जुम्ली किसान चकित परेका छन् । जलवायु परिवर्तनका कारण दिउँदमा पर्ने हिउँ अहिले चैत बैशाखमा पर्न थालेकाे किसान लाेक बहादुर दमाई बताउँछन् ।
जुम्लामा भारी वर्षासंगै हिमपात, किसान खुसी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
