२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय सभामा रिक्त पदका लागि जेठ ६ गते उपनिर्वाचन

प्रकाशित मिति : २०७८ बैशाख १० गते

काठमाडौँ / राष्ट्रिय सभामा रिक्त १ पदका लागि आगामी जेठ ६ गते बिहीबार उप–निर्वाचन हुने भएको छ ।
बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन बमोजिम गत सोमबारको नेपाल सरकारको निर्णयानुसार राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन बमोजिम कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ (पैँतीस) दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गरिने कानुनी व्यवस्था बमोजिम नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।
नेपालको संविधान बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि यही वैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र कानुनले तोके बमोजिमको ढाँचामा निवेदन दिन निर्वाचन आयोगले सूचना जारी गरेको छ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36