२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कृषि विश्वविद्यालयको दिक्षान्त समारोह हुने

प्रकाशित मिति : २०७८ बैशाख १२ गते

–सुरक्षा न्यौपाने
चितवन / कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह बैशाख १४ गते हुने भएको छ । विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन मार्फत् दोस्रो दिक्षान्त समारोह हुने जानकारी दिएको हो ।
सो अवसरमा विभिन्न विधामा पदक पाउने ४० विद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति हुने र अन्य दिक्षित हुने विद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट हुने बताएको छ ।
विद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दिक्षान्त समारोहमा १ हजार २ सय ५७ जना विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी हुने बताए । स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका विद्यार्थीहरुलाई दिक्षीत गरिने उनले भने ।
त्यस्तै विद्यालयकी रजिष्टार डा. शारदा थपलियाले स्नातक तहमा कृषि स्नातकबाट ५ सय १२ जना, वन विज्ञान स्नातकबाट २ सय २४ जना, पशु चिकित्सा स्नातकबाट १ सय ४० जना, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी हुने बताए ।
उनले स्नातकोत्तर तहमा कृषिका २ सय २५ जना, जैबिक प्रविधिका ६ जना, वन विज्ञानका १४ जना, पशु विज्ञानका ३२ जना, पशु चिकित्साका ३८ जना, मत्स्य विज्ञानका ७ जना सहभागी हुने बताए । विद्यावारिधीतर्फ १५ जना विद्यार्थी सहभागी हुने उनको भनाइ छ ।
विश्वविद्यालयमा हाल ३ हजार ३ सय २३ जना विद्यार्थी अध्ययनरत छन् । कृषि विश्वविद्यालयले नेपालको विभिन्न स्थानमा रहेको ७ वटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ ।
दिक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलगायतको सहभागिता रहने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34