January 21, 2025
- ADVERTISEMENT -

कृषि विश्वविद्यालयको दिक्षान्त समारोह हुने

April 25, 2021

–सुरक्षा न्यौपाने
चितवन / कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह बैशाख १४ गते हुने भएको छ । विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन मार्फत् दोस्रो दिक्षान्त समारोह हुने जानकारी दिएको हो ।
सो अवसरमा विभिन्न विधामा पदक पाउने ४० विद्यार्थी र सिनेट सदस्यहरु २३ जनाको भौतिक उपस्थिति हुने र अन्य दिक्षित हुने विद्यार्थीहरुको सहभागिता भर्चुअल माध्यमबाट हुने बताएको छ ।
विद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीका अनुसार दोस्रो दिक्षान्त समारोहमा १ हजार २ सय ५७ जना विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी हुने बताए । स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहका विद्यार्थीहरुलाई दिक्षीत गरिने उनले भने ।
त्यस्तै विद्यालयकी रजिष्टार डा. शारदा थपलियाले स्नातक तहमा कृषि स्नातकबाट ५ सय १२ जना, वन विज्ञान स्नातकबाट २ सय २४ जना, पशु चिकित्सा स्नातकबाट १ सय ४० जना, मत्स्य विज्ञान स्नातकबाट ४४ जना सहभागी हुने बताए ।
उनले स्नातकोत्तर तहमा कृषिका २ सय २५ जना, जैबिक प्रविधिका ६ जना, वन विज्ञानका १४ जना, पशु विज्ञानका ३२ जना, पशु चिकित्साका ३८ जना, मत्स्य विज्ञानका ७ जना सहभागी हुने बताए । विद्यावारिधीतर्फ १५ जना विद्यार्थी सहभागी हुने उनको भनाइ छ ।
विश्वविद्यालयमा हाल ३ हजार ३ सय २३ जना विद्यार्थी अध्ययनरत छन् । कृषि विश्वविद्यालयले नेपालको विभिन्न स्थानमा रहेको ७ वटा कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ ।
दिक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलगायतको सहभागिता रहने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -